नेकपा सचिवालय बैठक आज १ बजे बालुवाटारमा बस्ने प्रवक्ता श्रेष्ठद्वारा जानकारी

काठमाडौं- सत्तारुढ दल नेकपामा देखिएको आन्तरिक असमझदारीलाई तार्किक निष्कर्षमा पुर्‍याउन विभिन्न भेटघाट र छलफल तिब्र रुपमा भइरहेका छन् ।

यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेकपा अध्यक्ष पुष्पकमल दाहालले भेटवार्ता गर्नु भएको छ ।

नेकपा सचिवालयको अघिल्लो पटक बसेको बैठक पुन: आज बस्ने गरी सम्पन्न भएको थियो। तर आजका लागि बैठक बस्ने औपचारिक जानकारी हालसम्म सार्बजनिक नभएपनि नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले आज अपरान्ह १ बजे सचिवालय बैठक  बालुवाटारमा बस्ने जानकारीसहितको ट्वीट गर्नु भएको छ ।

यसैबीच सामाजिक संजालमा पार्टी विवादका सम्बन्धमा विभिन्न टिक्काटिप्पणी भएका छन् ।

मन्त्री योगेश भट्टराईले ट्विट मार्फत सर्बाधिक कठिन समय उल्लेख गर्नु भएको छ ।।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.