२४ घण्टामा थपिए २१०३ कोरोना संक्रमित

काठमाडौं– गत २४ घण्टामा २१०३ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नयाँ थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख १५ हजार २० पुगेको छ ।

गत २४ घण्टामा १७ जनाको कोरोनाबाट मृत्यु भएको छ । हालसम्म मृत्यु हुने १ हजार २ सय ७६ जना छन् ।

पछिल्लो २४ घण्टामा २ हजार ८ सय ५८ जना संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.