देशभर १९४५ संक्रमित थपिए

गत २४ घण्टामा २२ जनाको मृत्यु भएको छ

काठमाडौं– कोरोना भाइरसबाट देशभर थप १९४५ जना संक्रमित भएका छन् ।

गत २४ घण्टामा १० हजार ३ सय ४० जनाको पीसीआर परीक्षण गर्दा ७ सय ४० महिला र १ हजार २ सय ५ जना पुरुष गरी १९४५ जना संक्रमित भएका हुन् । थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख १६ हजार ९ सय ६५ जना पुगेका छन् ।

गत २४ घण्टामा ५ हजार ३ सय ६४ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म डिस्चार्ज हुनेको संख्या १ लाख ९१ हजार २ जना रहेको छ ।

नेपालमा निको भएको दर ८८ प्रतिशत पुगेको छ ।

गत २४ घण्टामा २२ जनाको मृत्यु भएको छ । हालसम्म मृत्यु हुने १२९८ जना छन् ।

सक्रिय संक्रमितको संख्या २४६६५ रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.