घुससहित मालपोत कर्मचारी पक्राउ

दाङ– मालपोत कार्यालय तुलसीपुर दाङमा कार्यरत नायव सुब्बा पुष्पराज गिरी र कार्यालय सहयोगी मीनराज गैरे घुस रकम सहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल र नेपालगंञ्जबाट खटेको टोलीले नगद ३ लाख २० हजार रुपैयाँ लिदै गरेको अबस्थामा पक्राउ गरेको हो । गिरी र गैरेले जग्गा नापजाँच गरी पूर्जा बनाइदिने भन्दै सेवाग्राही संग उक्त रकम लिएका थिए ।

मालपोत कार्यालयमै रंगेहात पक्राउ परेका दुवैलाई नियन्त्रणलिई थप अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग नेपालगंञ्जका प्रमुख गणेश गैरेले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.