अमेरिकामा कोरोना संक्रमितको संख्या लगातार बढ्दो

विश्वमै कोरोना भाइरसका सबैभन्दा बढी संक्रमित र मृतकहरु रहेको अमेरिकामा दैनिक संक्रमण र मृत्युदर पनि सबैभन्दा उच्च रहेको छ ।

अमेरिकामा बितेको २४ घन्टामा मात्रै १ लाख ९१ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन् । यसैगरी एकैदिन मृत्यु हुनेको संख्या पनि २ हजार नजिक पुगेको छ ।

यो सँगै अमेरिकामा कुल संक्रमितको संख्या १ करोड २२ लाख नाघेको छ भने संक्रमणकै कारण हालसम्म २ लाख ६० हजारभन्दा बढीको मृत्यु भइसकेको छ । पछिल्लो समय अमेरिकामा कोरोना भाइरसको संक्रमण र मृत्यु दुबैमा लगातार वृद्धि भइरहेको छ ।

संक्रमितको संख्याका आधारमा भारत दोस्रो बढी प्रभावित मुलुक रहेको छ । भारतमा पछिल्लो २४ घन्टामा ४६ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन् । यो सँगै भारतमा कुल संक्रमितको संख्या ९० लाख ५० हजार नाघको छ भने १ लाख २३ हजारभन्दा बढीको संक्रमणकै कारण ज्यान गएको छ । भारतमा संक्रमण र मृत्युदर घट्दो क्रममा छ ।

तेस्रो बढी प्रभावित मुलुक ब्राजिलमा पनि संक्रमण घट्दो क्रममा छ । बेलायत, इटाली, फ्रान्स, स्पेन, जर्मनी र पोल्याण लगायतका युरोपेली मुलुकमा पछिल्लो समय संक्रमण व्यापक रुपमा वृद्धि भएको छ ।

विश्वभर कोरोना संक्रमितको संख्या ५ करोड ७८ लाख नाघेको छ भने कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १३ लाख ७६ हजारभन्दा बढी छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.