हुम्लाको लिमि लाप्चाबाटै मानसरोवर र कैलाश पर्वतको अवलोकन गर्न सकिने

हुम्ला- नेपालको भूमीबाट पनि चीनको मानसरोवर र कैलास पर्वतको अवलोकन दर्शन गर्न सकिने भएको छ । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका-६ लिमि लाप्चा भञ्याङबाट चीनको स्वाशासित क्षेत्र पुराङ काउन्टीमा रहेको मानसरोवर कैलाश दर्शन गर्न सकिने भएको हो ।

हुम्लाको लिमि लाप्चालाई सम्भावित पर्यटकीय गन्तब्यका रुपमा विकास गर्न सके मानसरोवर कैलाश दर्शन अझ सहज हुने र नेपालमा पर्यटन प्रबर्द्धन हुने सम्भावना बढेको छ ।

कोरोना भाईरस संक्रमणको कारण सात महिनादेखि ह्ल्सिा नाका बन्द भएपछि बाह्‍य पर्यटक चीनको मानसरोवर कैलाश दर्शन गर्नेको संख्या यो वर्ष शुन्य भएको छ ।

लामो लकडाउनले गर्दा प्रत्येक वर्ष सातदेखि १० हजारसम्म हुम्लाको हिल्सा नाका हुदै चीनको मानसरोवर कैलाश दर्शन गर्ने आउने भारतीय भक्तालु यो वर्ष शुन्य भएको हो ।

चीनको मानसरोवर कैलाश जाने हिल्सा नाकामा रोक लगाएपछि नेपालकै लिमी लाप्चबाट मानसरोवर कैलाश दर्शन गर्ने आन्तरिक पर्यटकको संख्या भने बढेको छ ।

उत्तरी नाम्खा गाउँपालिका-६ को लिमि लाप्चाबाट मानसरोवर कैलाश एकपटक दृश्यावलोकन गर्ने मिल्ने भएपछि आन्तरिक पर्यटकहरु धमाधम लाप्चा पुग्न थालेका हुन् ।

पछिल्लो समय कोरोना संक्रमण बढेपनि हुम्ला जिल्लाका विभिन्न स्थानबाट लिमि लाप्चा हुदै मानसरोवर कैलाश दर्शन गर्ने ठुलै भिड लाग्ने गरेको छ । लिमि लाप्चाबाट मात्रै कैलाश मानसरोवर दर्शन गराउन गाउँपालिकाले महत्वपूर्ण भूमिका खेल्ने हो भने गाउँपालिकाको आम्दानीको मुख्य श्रोत बन्ने सम्भावना देखिन्छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.