मापदण्ड नपुगको क्रसर उद्योग बन्द गर्न गृहको निर्देशन

काठमाडौं– मापदण्ड नपुर्‍याई सञ्चालित क्रसर उद्योगहरु बन्द गर्न गृहमन्त्रालयले देशभरका जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ । मन्त्रालयको निर्देशन अनुसार कतिपय जिल्लामा क्रसरहरु बन्द भएका छन् भने कतिपय जिल्लाका प्रशासन कार्यालयले मापदण्ड पुगे वा नपुगेका क्रसरहरु उद्योगहरुबारे अध्ययन थालेका छन ।

धादिङमा सञ्चालित सबै क्रसर उद्योग र ढुङ्गा खनी, बालुवा प्रशोधन उद्योग तत्काल बन्द गर्न जिल्ला प्रशासन कार्यालय धादिङले निर्देशन गरेको छ ।

तोकिएको मापदण्ड पूरा नगरेका खानी र उद्योगहरु तत्काल बन्द गर्न सरकारले निर्देशन गरेपछि जिल्लाका सबै स्थानीय तहमा रहेका खानी र क्रसर उद्योग बन्द गर्न पत्राचार गरिएको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिनुभयो ।

खानी तथा उद्योगले यसअघि उत्पादन गरी मौज्दातमा रहेका उत्पादित सामग्रीहरुको बारेमा विस्तृत विवरण प्राप्त भएपछि मात्रै ती सामग्री बिक्री गर्न पाउने व्यवस्था गरिएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ । जिल्लाभर ६५ ओटा बालुवा प्रशोधन गर्ने फिरफिरे र ३३ ओटा क्रसरहरु सञ्चालनमा रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.