२४ घण्टामा थपिए १६६९ संक्रमित

■ पछिल्लो २४ घण्टामा १६ जनाको मृत्यु ■ काठमाडौं उपत्यकामा मात्रै ९५७ जना संक्रमित

काठमाडौं– गत २४ घण्टामा १६६९ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ८०३२ जनाको गरिएको नमूना पीसीआर परीक्षणमा १६६९ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १६ जनाको मृत्यु भएको छ । अहिलेसम्म मृत्यु हुने १३२१ जना छन् ।

कोरोना संक्रमणबाट गत २४ घण्टामा ५६९९ जना संक्रमणमुक्त भएका छन् । नेपालमा निको हुने ९०.३ प्रतिशत रहेको छ ।

अहिले कोरोना सक्रमितमध्ये आइसोलेसनमा १९९६३ र क्वारेन्टाइनमा ६८६ जना बसेका छन् ।

उपत्यकामा ९५७ जना संक्रमित
मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा मात्रै गत २४ घण्टामा ९५७ जना संक्रमित भएका छन् । काठमाडौंमा ७७३, भक्तपुर ५३ र ललितपुर १३१ जनामा संक्रमण पुष्टि भएको हो । «

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.