संग्रहालय बन्न सुरु नहुँदै पर्यटकहरुको आकर्षण (भिडियो रिपोर्ट)
दोलखा- दोलखाको भिमेश्वर नगरपालिकास्थित सुस्पाक्षमावतीमा रहेको तिलक पोखरी क्षेत्रलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गरिंदैछ ।
पर्यटकीय गन्तव्यको पहिचान गर्ने क्रममा भिमेश्वर नगरपालिका वडा नम्बर १ राङराङथलीको तिलक पोखरी अहिले पर्यटकको आकर्षणको केन्द्र बनेको हो ।
यस स्थानमा दैनिक १ हजारदेखी १५ सय पर्यटक आउने गरेको वडा अध्यक्ष विरबहादुर थामीले बताउनुभयो ।
थामी जातीको उद्गम थलो राङराङथलीमा थामी संग्रहालय बनाउने प्रयोजनका रुपमा पोखरी निर्माण गरिएको हो । तर संग्रहालय बन्न सुरु नहुँदै पर्यटकहरु अहिले नै बढ्न थालेका छन् ।
पोखरीमा २ वटा खोलाबाट आएको पानीलाई प्रयोग गर्ने गरी डिजाइन गरी तयार गरिएको भिमेश्वर नगरपालिकाका मेयर भरत केसीले बताउनुभयो ।
त्यस्तै सोही क्षेत्रमा रहेको जंगललाई समेत सदुपयोग गदै सुनाखरी मार्गको रुपमा विकास गरिएको नगरपालिकाले जनाएको छ । शान्त ठाउँ खोज्नेको लागी महत्वपुर्ण भएकाले पनि अहिले तिलक पोखरी आन्तरिक पर्यटकको गन्तव्य बन्न पुगेको छ ।-
प्रतिक्रिया राख्नुहोस्