आकर्षक प्राकृतिक झरना ओझेलमाः प्रचारप्रसार र आवश्यक पूर्वाधार अभाव

धनकुटा- प्रचारप्रसार र आवश्यक पूर्वाधार ब्यबस्थापन अभावमा धनकुटाको महालक्ष्मी नगरपालिका वडा नं ८ लक्ष्मीखोलामा रहेको आकर्षक प्राकृतिक झरना ओझेलमा परेको छ ।

स्थानीय यसलाई लक्ष्मीझरना पनि भन्छन् । आन्तरिक र बाह्‍य पर्यटकका लागि आकर्षक गन्तव्य बन्ने प्रसस्त संभावना भएको यो झरना करिब ७० मिटरभन्दा अग्लो रहेको स्थानीयको भनाई छ ।

यद्यपी यसको उचाइबारे आधिकारिक अध्ययन भैसकेको छैन । झरना प्रबर्द्धन गरि पर्यटक आकर्षित गर्न वडा कार्यालयले गृहकार्य थालेको छ । यो झरनासम्म जान-आउन पहुचमार्ग निर्माण र पर्यटकीय संरचना ब्यबस्थित गर्ने काम भैरहेको वडाले जनाएको छ ।

झरना भएको स्थानमा होटल र लजको सुविधा नभएपनि झरना घुम्न आउने पर्यटकको सुविधाका लागि झरना नजिकै रहेको मगर गाउँमा होमस्टेको अवधारणा अघि सारिने वडाले जनाएको छ । यो झरनालाई व्यवस्थित गर्नसके आन्तरिक तथा बाह्‍य पर्यटक भित्र्याउने तथा नगरको पर्यटकीय स्थल बन्ने स्थानियको भनाई छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.