बूढानीलकण्ठमा एकादशी मेला नलाग्ने

काठमाडौं- हरेक वर्ष बूढानीलकण्ठ मन्दिरमा हरिबोधनी एकादशीको दिन लाग्दै आएको एकादशी मेला यस वर्ष नलाग्ने भएको छ ।

विश्वव्यापी रुपमा फैलिएको कोभिड-१९ को जोखिमका कारण यस वर्ष हरिबोधनी एकादशी दिन लाग्ने मेला पूर्ण बन्द गरिएको छ । बूढानीलकण्ठमा प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीदेखि पूर्णिमासम्म पाँच दिन विशेष मेला लाग्थ्यो ।

आषाढ शुक्ल एकादशीदेखि नै भक्तजन बढी मात्रामा नारायणस्थानमा दर्शन गर्न आउने भए पनि कार्तिक शुक्ल पक्षका पाँच दिन धेरै भीड लाग्ने गरेको थियो ।

यस वर्ष कोरोना भाइरसका कारण एकादशीदेखि पूर्णिमासम्म लाग्ने मेलामा पूर्ण रोक लगाइएको छ । आजदेखि यही मङ्सिर १५ गतेसम्म मन्दिर परिसर क्षेत्र बन्दसमेत गरिएको मन्दिरका स्वामी निगमानन्दले जानकारी दिनुभयो ।

सङ्क्रमणको जोखिमलाई ध्यानमा राखी आगामी सोमबारसम्म नित्य पूजा मात्र गरी भक्तजनलाई दर्शन गर्न रोक लगाइएको बताइएको छ ।

आषाढ शुक्ल पूर्णिमाका दिन क्षीरसागरमा शयन गरेका भगवान् विष्णु कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधनी एकादशीका दिन जागा हुने र चतुर्मासमा व्रत गर्नाले मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.