दिनदहाडै काठ तस्करीः सडक निर्माणमा प्रयोग गरिने गाडी समेत संलग्न (भिडियो)

दैलेख- दैलेखको पश्चिममा पर्ने मध्यपहाडी सडकखण्ड क्षेत्रमै दिनदाहाडै काठ तस्कर हुन थालेको प्रहरीले फेला पारेको छ ।

काठ तस्करीमा मध्य पहाडी आयोजनाअन्तर्गत सडक निर्माणका लागि प्रयोग गरिएको गाडी समेत प्रयोग गरिएको भेटिएको छ ।

आठवीस नगरपालिकाको वडा नं. १ मा रहेको मध्य पहाडी सडक निर्माणमा प्रयोग गरिएको प्रदेश ३ ०१-००६-१०३८ नम्बरको गाडीमा सल्लाको दार लोड गर्दै गरेको अवस्थामा जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलिले पक्राउ गरेको हो ।

मध्य पहाडी सडकमै दिनदाहाडै दाउराका लागि भन्दै अत्याधुनिक मेसिनमार्फत काटिएको सल्लाको १५ गोलिया भन्दा बढी काठ गाडीमा लोड गर्दै गरेको अवस्थामा प्रहरीले बरामद गरेको हो ।

काठ लोड गर्दै गरेका करिब १२ जना मध्ये मुख्य व्यक्तिका रूपमा रहेका प्रकाश पाल थापालाई प्रहरीले पक्राउ गरेको छ । मेसिन समेत जफत गरिएको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.