बैतडीमा जिप दुर्घटना, ५ जनाको मृत्यु, ४ जना घाइते

बैतडी– बैतडीको दशरथचन्द नगरपालिका-१० बुड्ढामा बाेलेराे जिप दुर्घटना हुँदा ५ जनाकाे मृत्यु भएकाे छ ।

दुर्घटनामा  परी ४ जना घाइते भएका छन् । घाइतेहरुलाइ जिल्ला अस्पताल लगिएकाे छ ।

आज दिउँसाे करिब २ बजेतिर जिप दुर्घटनामा परेको थियो । बैतडीको झुलाघाटबाट गोठलापानी आउँदै गरेको ना १ ज २१९६ नम्बरको जिप दशरथचन्द नगरपालिका १० बुड्डा भन्ने स्थानमा दिउँसो दुर्घटनामा परेको हो ।

दुर्घटनामा परेर बैतडीको सुर्नया गाउँपालिका ४ का ७५ बर्षीया कलावती चन्द, दशरथचन्द नगरपालिका ४ का ७५ बर्षीय भगीरथ पाण्डेय, दशरथचन्द नगरपालिका ५ बस्कोटका ७० बर्षीया पार्वतीदेवी चन्द,सोही ठाउँका ७२ बर्षीया पार्वतीदेवी चन्द र दशरथचन्द नगरपालिका २ का ५८ बर्षीय कृष्णलाल लावडको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरिक्षक जनकबहादुर धामीले जानकारी दिनुभयो ।

दुर्घटनामा परी ४ जना घाइते भएका छन् । घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल पुर्‍याइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरिक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

तीव्र गतिमा रहेको जिप अनियन्त्रित भएर दुर्घटनामा परेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

जिप सडकबाट करिब एक सय मिटर तल खसेको छ ।

दुर्घटना हुने बित्तिकै फरार रहेका जिप चालक गोपाल कार्कीको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेर मृत्यु भएका सबै नागरिक भारतबाट पेन्सन बुझेर आउँदै गरेका बुझिएको छ ।

गएको चैतदेखि पेन्सन बुझ्न नपाउँदा पेन्सनवालाहरुलाई सोमबारदेखि शुक्रबारसम्मका लागि झुलाघाट नाका खोलिएको थियो।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.