२४ घण्टामा १७९० जना संक्रमित, २४ जनाको मृत्यु

काठमाडौं– कोरोना भाइरस संक्रमणबाट गत २४ घण्टामा १७९० जना संक्रमित भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०८४३ जनाको पीसीआर परीक्षण गर्दा ७२१ महिला र १०६९ पुरुष गरी १७९० जनामा संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये उपत्यकामा ९४७ जना छन् । काठमाडौंमा ६९२, भक्तपुर ६५ र ललितपुरमा १९० जना संक्रमित भएका छन् ।

गत २४ घण्टामा २७९१ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज भएका २०४८५८ जना छन् ।

पछिल्लो २४ घण्टामा थप २४ जनाको मृत्यु भएको छ । कोरोनाबाट अहिलेसम्म मृत्यु हुनेको संख्या १३६१ जना छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.