सिसिएमसी बैठकः संक्रमण न्यून भएका ठाउँमा सबै सेवा संचालन गर्न सिफारिस

उपत्यकामा परीक्षणको दायरा बढाइने

काठमाडौं- कोरोना नियन्त्रण र रोकथामका लागि सरकारले गठन गरेको कोभिड-१९ संकट व्यवस्थापन केन्द्र निर्देशक समिति सिसिएमसीले संक्रमण न्युन भएका स्थानमा यसअघि बन्द भएका सेवाहरु संचालन गर्न प्रस्ताव गरेको छ ।

सिंहदरबारमा बसेको सिसिएमसी बैठकले कोरोनालाई मध्यनजर गर्दै यसअघि बन्द गरिएका सेवाहरु कोरोना संक्रमण न्युन हुदै गएको स्थानमा खुल्ला गर्नका लागि मन्त्रिपरिषद्‍मा प्रस्ताव लैजाने निर्णय गरेको हो ।

बैठकले कोरोना जोखिम उच्च देखिएका स्थानको पहिचान गरि निश्चित क्षेत्रमा आवश्यकता अनुसार सिलबन्दी गरि परिक्षणको व्यवस्था मिलाउने निर्णय पनि गरेको छ ।

त्यस्तै अन्तर्राष्ट्रिय उडानहरु आवश्यकता अनुसार थप गर्न मन्त्रिपरिषद्‍मा प्रस्ताव लैजाने निर्णय भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव महेन्द्र गुरागाईंले जानकारी दिनुभयो ।

बैठकले सरकारी कार्यालयमा कार्यरत कर्मचारीलाई कोरोना संक्रमण भएमा संक्रमित कर्मचारीलाई आइसोलेट गरेर बाँकी कर्मचारीबाट सेवा प्रवाहलाई निरन्तरता दिने निर्णय गरेको उहाँले बताउनुभयो । बैठकले उपत्यकामा परीक्षणको दायरा बढाउने निर्णय गरेको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.