भीमेश्वरमा पसिना, राष्ट्रप्रमुखलाई पठाइयो महाप्रसाद

दोलखा– दोलखाको प्रसिद्ध धार्मिक स्थल दोलखा भीमेश्वर मन्दिरको शिलामा मंगलबार पसिना आएपछि आज राष्ट्रप्रमुखलाई महाप्रसाद पठाइएको छ ।

भीमसेनको शिलामा आएको पसिनालाई पुछिएको कपास महाप्रसादको रुपमा जिल्ला प्रशासन कार्यलय मार्फत राष्ट्र प्रमुखलाई पठाइने चलन रहेको छ । मंगलबार दिउँसो पौने २ बजेदेखि भीमसेनलाई पसिना आएको भीमेश्वर मन्दिर गुठी तथा पूजा व्यवस्थापन समितीका अध्यक्ष भरत श्रेष्ठले बताउनुभयो ।

भीमसेनको शिलामा पसिना आएपछि मन्दिर परिसरमा स्थानीयबासी भेला भई घण्टा, नगरा बजाउँदै अनिष्ट नहोस भन्ने कामना गर्दै क्षमा पूजा गर्ने चलन छ । राष्ट्रप्रमुखले देश र देशवासीहरुमा शान्ति छाओस् भन्ने कामना गर्दै भिमेश्वर मन्दिरमा क्षमा पूजाका लागी आवश्यक सामग्री पठाउने परम्परा रहेको गुठीयारहरुको भनाइ छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.