नेकपाको विवाद जटिल मोडमा छ : ईश्वर पोखरेल

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सचिवालय सदस्य एवं उपप्रधानमन्त्री ईश्वर पोखरेलले पार्टी विवाद जटिल मोडमा पुगेको बताउनुभएको छ ।

नेपाल टेलिभिजनसँग बुधबार कुरा गर्दै उपप्रधानमन्त्री पोखरेलले विगतमा भएको सहमति उल्लंघन गर्दा पार्टीमा समस्या देखिएको भन्दै कसैले पनि एकतालाई आँच आउन दिन नहुने उल्लेख गर्नुभयो ।

असार १० देखि भदौ २६ सम्म चलेको स्थायी कमिटी बैठकले सर्वसम्मत निर्णय गरेका विषयलाई उल्लंघन गर्नु गम्भीर गल्ती भएको पोखरेलको भनाइ छ । उहाँले पार्टी फुटबाट सिर्जित परिस्थितिबारे नेताहरु जानकार रहेको भन्दै त्यही अनुभवका आधारमा सबै गम्भीर हुनुपर्नेमा जोड दिनुभयो ।

 

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.