सरकारले नतिजा देखिने काम गर्छः अर्थमन्त्री

बुटवल– अर्थमन्त्री विष्णु पौडेलले वर्तमान सरकार राष्ट्र र जनताको पक्षमा एकपछि अर्को निर्णय गर्दै अघि बढिरहेको बताउनुभएको छ ।

रुपन्देहीमा तिनाउ—दानव कोरिडोर सडकको शिलान्यास गर्दै अर्थमन्त्री पौडेलले सरकारले आफ्नो कार्यकालमा नतिजाजन्य र परिणाममुखी काम गरेर देखाउने बताउनुभयो । उहाँले
तिनाउ—दानव करिडोर सडक आयोजनमा रुपन्देहीका लागि मात्र नभई मुलुककै लागि महत्वपूर्ण आयोजनाका रुपमा अगाडि सारिएको बताउनुभयो । रुपन्देहीलाई आर्थिक विकासको केन्द्र बनाउने उद्देश्यका साथ यो आयोजना अघि बढाइएको अर्थमन्त्री पौडेलको भनाइ छ ।

तिनाउ नदीतर्फ ३५ किलोमिटर र दानव नदीतर्फ १५ किलोमिटर गरि ५० किमी लम्बाई र दुई लेनको सडक निर्माण गरिने र नदितर्फको ३ मिटर क्षेत्रमा हरियाली क्षेत्र बनाइने सडक विभागले जनाएको छ । तिनाउ कोरिडोरमा ५२ करोड ४६ लाख र दानव कोरिडोरमा १९ करोड ४२ लाख रुपैयाँमा निर्माणको सम्झौता भइसकेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.