पिकअप भ्यान नदीमा खस्दा ३ जना वेपत्ता

चितवन- आज बिहान चितवनको ईच्छाकामना गाउँपालिका- ४ स्थित पृथ्वी राजमार्गको नाग्दी खोला भन्ने स्थानमा पिकअप भ्यान दुर्घटना हुँदा ३ जना बेपत्ता भएका छन् ।

प्युठानबाट बिरामी लिएर काठमाण्डौतर्फ गईरहेको लु १ च ९७३१ नम्बरको पिकअप भ्यान सडकबाट ५०-६० मिटर तल त्रिशुली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

सो दुर्घटनामा चालकसहित २ पुरुष २ महिला गरी ४ जना सवार रहेको बताइएको छ । १ जना पुरुष पौडी खेलेर नदीबाट बाहिर निस्किएको र निजको मेडिकल कलेजमा उपचार भइरहेको छ । अन्य ३ जना भने बेपत्ता भएको हाम्रा चितवनस्थित सम्वाददाताले जनाएका छन् ।

पिकअप भ्यान नदीमा पुरै डुबेको र नदेखिने अवस्थामा रहेको छ । उक्त जिप र बेपत्ताहरूको नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले खोजि गरिरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.