पक्की पुल बन्न थालेपछि स्थानिय उत्साहित

मुगु- मुगुको छायानाथ रारा नगरपालिका–११, सालिम गाढमा मोटरेवल पुल निर्माण हुन थालेपछि पैदल तथा यातायातका साधनलाइ ओहोरदोहोर गर्न सजिलो हुने भएको छ ।

खोला तर्न निकै कठिन र जोखिमपूर्ण सालीमगाढमा सडक विभागले पक्कि पुल बनाउन थालेपछि यात्रामा सहज हुनेमा स्थानीयले आशा गरेका छन् ।

मुगुमा सडक विस्तारसँगै बन्न लागेको यो नै पहिलो मोटरेवल पुल हो । पुल निर्माणले सिङ्गो मुगुम कार्मारोङ्ग गाँउपालिका, यार्सा संकलन गर्न, छायानाथ तिर्थस्थल जान र नगरपालिकाका ११ र १२ नम्वर वडाका वासिन्दालाइ आवतजावत गर्न निकै सजिलो हुने भएको छ ।

गमगढी नाक्चे लाग्ना सडक निर्माणकार्यको थालनीसँगै गत बर्ष लुम्स खोलामा बेलीबृज निर्माण गरिएको छ । आवश्यक ठाँउमा पुल निर्माणका साथै गमगढी नाक्चेलाग्ना सडक निर्माणमा समेत निरन्तरता दिने हो भने स्थानियलाई सहज हुनुका साथै पर्यटक आवत जावतले मुगाली जनताको आय स्तरमा बृध्दि हुने देखिन्छ ।

गमगढी नाक्चेलाग्ना सडक निर्माणले मुगालीलाई मात्र सहज नभै पर्यटन आगमनका साथै थुप्रै सम्भावना देखिएकाले सम्वृद्ध कर्णाली प्रदेश बन्न टेवा पुर्‍याउने विश्वास लिइएको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.