चीनीया रक्षामन्त्री वेइ फेङहे आज नेपाल आउनुहुँदै

काठमाडौं- चीनको राज्य परिषद्का सदस्य एवं रक्षामन्त्री वेइ फेङहे एकदिवसीय कार्यगत भ्रमणका क्रममा आज नेपाल आउँदै हुनुहुन्छ ।

उहाँ एक्काइस सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै विशेष विमानबाट आज काठमाडौँ आउँदै हुनुहुन्छ । चिनियाँ रक्षामन्त्रीले ८ घण्टा काठमाडौँ बसाईमा राष्ट्रपति विद्यादेवी भण्डारी, रक्षामन्त्रालयको समेत कार्यभार सम्हाल्नुभएका प्रधानमन्त्री केपी शर्मा ओलीसँग बेग्लाबेग्लै शिष्टाचार भेटवार्ता गर्नुहुने कार्यक्रम छ ।

यस्तै उहाँले प्रधानसेनापति पूर्णचन्द्र थापासँग पनि भेट गर्नुहुने कार्यक्रम छ । चिनीया रक्षामन्त्रीको आज हुन लागेको एकदिवसीय कार्यगत भ्रमणले नेपाल र चीनबीचको सुरक्षा सम्बन्ध अझ सुदृढ भई द्विपक्षीय सैन्य सहायता अभिवृद्धिमा फलदायी हुने अपेक्षा गरिएको छ ।

तत्कालीन रक्षामन्त्रीको निमन्त्रणामा हुन लागेको यो भ्रमण शताब्दीऔँ पुरानो समस्यारहित नेपाल-चीन सम्बन्ध परिवर्तित वर्तमान सन्दर्भमा अर्थपूर्ण मानिएको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.