बुटवलमा सम्पन्न हाफ म्याराथनको उपाधि नेपाली सेनाका रोकायालाई

रुपन्देही- बुटवलमा सम्पन्न हाफ म्याराथनको उपाधि नेपाली सेनाका राजन रोकायाले चुमेको छन् । ३१औं मदन भण्डारी स्मृती दिवसको अवसर पारेर आयोजित दोस्रो मदन भण्डारी कप खुल्ला हाफ म्याराथन तथा रोड रेस प्रतियोगिताको रोकायले १ घण्टा ९ मिनेट २४ सेकेण्डमा दुरी पार गर्दै उपाधि हात पारेका हुन् ।

उपाधिसँगै रोकाय नगद १ लाख रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भए । नेपाली सेनाकै नरेन्द्र सिह रावतले १ घण्टा १० मिनेट १४ सेकेण्डमा दुरी पार गरेर उपविजेता बन्दै नगद ७५ हजारबाट पुरस्कृत भए ।

नेपाली सेनाकै रामजी बस्नेत तृतिय हुँदै नगद ५० हजार, जुम्लाका दुर्गा बहादुर बुढा चौथौ हुँदै ३० हजार रुपैयाबाट पुरस्कृत भए ।

यसैगरि कलेजस्तरीय १० किलोमिटर छात्र दौडमा सप्तरीका अजित कुमार यादवले उपाधि हात पारे । उनी ३५ हजार रुपैया, कप, मेडलबाट पुरस्कृत भए । नेपाली प्रहरीका जगेन्द्र अहिरले दोस्रो स्थान हासिल गरेर नगद २५ हजार रुपैया, बझाङका करण रावल तृतिय हुँदै नगद १५ हजार रुपैयाबाट पुरस्कृत भए ।

यसैगरि १० किलोमिटर महिला खुलाको उपाधि एपिएफका पुष्पा भण्डारीले हात पारेकी छन् । उनले ३८ मिनेट १० सेकेण्डमा दुरी पार गर्दै नगद ३५ हजार रुपैयाँबाट पुरस्कृत भइन् । एपीएफकी आज्ञा रावतले दोस्रो बन्दै नगद २५ हजार रुपैया, नेपाली सेनाकी सिर्जना पाण्डे तृतिय हुदै नगद १५ हजार रुपैयाबाट पुरस्कृत भए ।

यसैगरि विद्यालय छात्रमा जनज्योती माबि सुर्खेतका अजय बिक प्रथम, सयपत्री माबि कंचनपुरका बिक्रम कार्की दोस्रो र भैरव माबि जुम्लाका शेर बहादुर अधिकारी तृतिय हुँदै पुरस्कृत भए ।

छात्रा ३ किलोमिटर दौडमा सुर्खेतकी बिमला कार्की प्रथम, काठमाण्डौकी आइसमा आचार्य दोस्रो, सुर्खेतका लक्ष्मी शाही तृतिय हुँदै नगद, मेडल र कपबाट पुरस्कृत भए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.