काँग्रेसले देशलाई अधिनायकवाद र प्रतिगमनमा जान दिँदैन- नेता पौडेल

तनहुँ- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राजतन्त्र, अधिनायकवाद र प्रतिगामी बाटोमा नेपाललाई जान नदिन नेपाली काँग्रेसले सशक्त भूमिका निर्वाह गर्ने बताउनुभएको छ ।

वरिष्ठ नेता पौडेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको प्रवर्धन र अन्यायकाविरुद्ध कांग्रेस सक्रिय भएर लाग्ने प्रतिवद्दतासमेत ब्यक्त गर्नुभयो ।

नेपाल प्रेस युनियन तनहुँले आज दमौलीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले कांग्रेस विधि, नियम र पद्धतिमा चल्ने भएकाले तोकिएको मितिमै पार्टीको महाअधिवेशन हुनुपर्छ भनेर आफू आन्तरिकरुपमा सङ्घर्ष गरिरहेको बताउनुभयो ।

उहाँले कांग्रेसको १४औँ महाधिवेशन तोकिएको अवधिमा नै हुनुपर्ने अडान पनि दोहोर्‍याउनुभयो ।

उहाँले भन्नुभयो, “प्रजातन्त्रको मूल मर्म भनेको आवधिक निर्वाचन र विधिको शासन हो । त्यसकारण महाधिवेशन तोकिएको मितिमा हुनुपर्छ भनेर मैले पार्टीभित्रै लडाइँ गरिरहेको छु ।”

पार्टी र विधानको रक्षा गर्न पनि तोकिएको समयमा नै महाधिवेशन हुनुपर्नेमा उहाँले जोड थियो ।।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.