गुल्मीको मालिकामा प्याराग्लाइडिङको सफल परिक्षण (भिडियो रिपोर्ट)

गुल्मी- गुल्मीको मालिका गाउँपालिकामा प्याराग्लाइडिङको सफल परिक्षण गरिएको छ । गाउँपालिकामा रहेका बिभिन्न पर्यटकीय क्षेत्रमा आन्तरिक तथा बाह्‍य पर्यटक ल्याउन उदेश्यले गाउँपालिकामा प्याराग्लाइडिङको सफल परिक्षण गरिएको हो ।

पूर्वमन्त्री एवं गुल्मी क्षेत्र नम्बर-२ का सांसद गोकर्ण राज विष्टले प्याराग्लाइडिङको परिक्षणको उद्घाटन गर्नुभएको थियो ।
उद्घाटन कार्यक्रममा पूर्वमन्त्रि विष्टले नेपालमा प्याराग्लाइडिङको धरै सम्भावना भएकोले यसलाई व्यवस्थित र व्यावसायिक बनाउन आग्रह गर्नुभयो ।

प्याराग्लाइडिङ परिक्षण गरिएको देउरालि डाँडाको उचाई प्याराग्लाइडिङ लागी उपयुक्त भएको प्याराग्लाइडिङ पाइलट भुवन गाह मगरको भनाइ छ ।

मानिसहरु आकाशमा उड्छन रे भन्ने सुनेको तर अहिले आफ्नै गाउँमा प्रत्यक्ष आकाशमा चिलजस्तै मानिस उडेको देख्दा धरै खुसि लागेको स्थानीयको भनाइ छ । स्थानीयले यस कार्यलाई निरन्तरता दिन समेत आग्रह गरेका छन् ।

जिल्लामा यसभन्दा पहिले अरु स्थानीय तहले पनि प्याराग्लाइडिङको सफल परिक्षण गरेका छन् । तर त्यसलाई निरन्तरता दिनेतर्फ भने ध्यान दिएका छैनन् । परिक्षण गर्ने तर निरन्तरता नदिने गर्नाले परिक्षणमै मात्र सीमित रहने हो की भन्ने प्रश्न उब्जाएको छ ।

स्काईबर्ड प्याराग्लाइडिङ प्रालि पोखराको टोलिले मालिका गाउँपालिका वडानम्बर–४ अर्खाबाङको देउरालीडाँडामा सफल परिक्षण गरेको हो ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.