चेल्सी शीर्ष स्थानमा

इङ्ग्लिश प्रिमियर लिगअन्तर्गत गएराति भएको खेलमा चेल्सीले लिड्स यूनाइटेडलाई एकका विरुद्ध तीन गोलले पराजित गरेको छ ।

आफ्नै घरेलु मैदानमा भएको खेलमा चेल्सीले लिड्सलाई हराउँदै चेल्सी शीर्षस्थानमा समेत उक्लेको छ। ११ खेलबाट २२ अंक बटुलेको चेल्सीले शीर्ष दुई स्थानमा रहेका टोटेनहम र साविक विजेता लिभरपुललाई क्रमशः दोस्रो र तेस्रो स्थानमा धकेल्दै आफू पहिलो स्थानमा उक्लेको हो।

त्यस्तै प्रिमियर लिगअन्तर्गत हिजै भएको अर्को खेलमा म्यानचेस्टर यूनाइटेडले वेस्ट ह्यामविरुद्ध गर्दै ३-१ को गोल अन्तरले हराउन सफल भएको छ।

पहिलो हाफमा १-० ले पछि परेको अवस्थालाई तोड्दै यूनाइटेडले दोस्रो हाफमा तीन गोल फर्काउँदै जित निकाल्न सफल भएको हो। जितसँगै यूनाईटेड लिगको चौंथो स्थानमा उक्लिएको पनि छ ।

यसैबीच आज प्रिमियर लिगमा चार खेल हुँदैछन्।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.