मिलनको ‘देउन दिलमा दरबन्दी’ सार्वजनिक

भक्तपुर- भक्तपुरको सूर्यविनायक नगरपालिका–१ सिरुटारका मिलन मिश्र र अमुदा विष्टले अष्ट्रेलियाबाट म्युजिक भिडियो ‘देउन दिलमा दरबन्दी’ सार्वजनिक गरेका छन् ।

विगत आठ वर्षदेखि अष्ट्रेलियामा बस्दै मोडलिङ र अभिनयमा सक्रिय रहँदै आएका श्रीमान्श्रीमती मिलन र अमुदाले केही महिना अगाडि नेपालको एक महिनाको बसाइमा विभिन्न जिल्लामा खिचेको म्युजिक भिडियो अष्ट्रेलियाबाटै ‘मिलअमु फिल्मस्’ मार्फत सार्वजनिक गरेका हुन् ।

देवल भण्डारीको शब्द, अस्मिता अधिकारी र उमेश खत्रीको स्वर, दीपक शर्माको सङ्गीत र नरेन्द्र वियोगीको सङ्गीत संयोजन रहेको उक्त म्युजिक भिडियो उत्कृष्ट बनेको छ ।

युवायुवतीबीचको प्रेम र आकर्षणलाई रोमाञ्चक ढङ्गले प्रस्तुत गरिएको म्युजिक भिडियोमा मिलन र अमुदाको आकर्षक नृत्य देख्न सकिन्छ ।

राष्ट्रिय समाचार समितिका पत्रकार रमेश मिश्र तथा उहाँकी पत्नी शोभा मिश्र उत्पादक रहेको उक्त म्युजिक भिडियोलाई उत्सव दाहालले छायाङ्कन, केशवराज भट्टले कोरियोग्राफी, विकास दाहालले सम्पादन र प्रकाश धितालले निर्देशन गरेका छन् ।

यसअघि पनि मिलनले अष्ट्रेलियाको ब्रिजवेनमा रहेको पगोडा क्रियसन प्रडक्सन हाउसले निर्माण गरेको म्युजिक भिडियोमा पनि आफ्नो अभिनय प्रस्तुत गरेका छन् ।

इन्द्र आरपी र नीलिमा थापामगरको स्वर रहेको उक्त म्युजिक भिडियोले चर्चा पाएपछि मिश्रले धमाधम म्युजिक भिडियोमा अभिनय गर्न थालेका हुन् ।

नेपाली सिने जगत्मा आफ्नो स्थान बनाउन अष्ट्रेलिया रहँदा पनि सङ्घर्षशील मिश्रले यसअघि थुप्रै ‘सर्ट’ फिल्मदेखि चर्चित गीतको म्युजिक भिडियोमा आफ्नो अभिनय एवं नृत्य कला देखाइसकेका छन् ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.