प्रधानमन्त्रीद्वारा भोलि सर्वदलीय बैठक आह्‍वान

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि सर्वदलीय बैठक बोलाउनुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा विहान ११ बजे बस्ने सर्वदलीय बैठकमा समसामयिक राजनीतिका विभिन्न विषयहरुमा छलफल हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।

सर्वदलीय बैठकमा संघीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहने छ ।

मुलुकमा बढ्दो कोरोनाको संक्रमण र गणतन्त्र विरोधी तत्वहरु सलबलाइरहेको बेला प्रधानमन्त्रीले सर्वदलीय बैठक आह्वान गर्नु महत्वपूर्ण रहेको विश्लेषकहरु बताउँछन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.