नेकपा गहिरो संकटमा रहे पनि फुटको अवस्थामा छैन : मुख्यमन्त्री शंकर पोखरेल

पाल्पा- लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले नेकपा यतिबेला गहिरो सङ्कटमा रहेको बताउनुभएको छ । उहाँले गम्भीर सङ्कटमा भए पनि समस्याको समाधान पार्टी कमिटीले गर्ने कुरामा पनि सबै नागरिक विश्वस्त हुनुपर्ने बताउनुभएको छ ।

नेकपा पाल्पा प्रचारप्रसार तथा प्रकाशन विभागले मङ्गलबार आयोजना गरेको सूर्य बुलेटिन वितरण समारोहमा बोल्नुहुँदै मुख्यमन्त्री पोखरेलले पार्टीभित्र देखिएको मतभेद अन्त्य हुने पनि बताउनुभएको छ । अहिले पार्टीभित्र देखिएको समस्या दुई अध्यक्ष हुँदै सचिवालय र स्थायी कमिटीमा आएको भए पनि स्थायी कमिटीमा समस्या समाधानतर्फ जाने उल्लेख गर्नुभयो ।

उहाँले पार्टीभित्र अल्पमत/बहुमतबाट अगाडि बढ्ने कि नबढ्ने, संसदबाट नेता छान्ने कि पार्टीबाट नेता छान्ने विषयमा मुख्य विवाद रहेको बताउनुभयो । अहिले पार्टी कमिटीबाट समस्या समाधान नभए महाधिवेशनबाट समस्या समाधान गर्नुपर्ने बताउनुभयो । पार्टीभित्र देखिएको समस्या समाधान गर्न विचारमा एकरुपता कायम गरेर अगाडि बढ्नुपर्नेमा उहाँको भनाइ छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.