नेपालमा थप १०५६ मा कोरोना संक्रमण, काठमाडौं उपत्यकामा ४९६ जना संक्रमित थपिए

काठमाडौं– नेपालमा आज थप १०५६ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ६२८६ जनाको पीसीआर परीक्षणमा १०५६ जनामा संक्रमण पुष्टि भएको हो ।

गत २४ घण्टामा १४८३ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म संक्रमणमुक्त हुने २ लाख ३० हजार ५ सय ३७ जना छन् । नेपालमा निको हुने दर ९३ दशमलव ३ प्रतिशत रहेको छ ।

कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु भएको छ । अहिलेसम्म मृत्यु हुनेको संख्या १६५१ रहेको छ ।

काठमाडौं उपत्यकामा ४९६ जना संक्रमित थपिएका छन् । तीमध्ये काठमाडौंमा ३९३, भक्तपुरमा ३९ र ललितपुरमा ७५ जना छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.