एकैदिन १२१७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं– पछिल्लो २४ घण्टामा १२ सय १७ जनामा कोरोना सङ्क्रमण पृष्टि भएको छ ।
देशभरका विभिन्न प्रयोगशालामा जम्मा ७ हजार २सय ३२ वटा पीसीआर परीक्षण हुँदा ४४३ महिला ७सय ७४ पुरुषमा कोरोना सङ्क्रमण पृष्टि भएको हो । काठमाडौं उपत्यकामा ४ सय ४ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
काठमाडौंमा ३२८ , भक्तपुरमा २५ र ललितपुरमा ५१ जना नयाँ संक्रमित थपिएका हुन् । जिल्लागत रुपमा २४ घण्टामा थपिने सङ्क्रमितको संख्या काठमाडौं पछि कैलालीमा रहेको छ । २४ घण्टामा कैलालीमा ९४ जना सङ्क्रमित थपिएका छन्। त्यसपछि कास्की र मोरङमा ६७ ÷६७ जना र सुनसरीमा ६६ जना सङ्क्रमित भेटिएका छन् ।
देशभरी सक्रिय संक्रमितको संख्या १२ हजार ३८६ छ भने ५१५ जना क्वारेन्टाइनमा रहेका छन् । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४५ हजार ६५० पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा १ हजार ६४ जना कोरोना संक्रमणमुक्त भएका छन् । नेपालमा योसँगै निको हुनेको २ लाख २९ हजार ५४ पुगेको छ ।
२४ घण्टामा कोरोना संक्रमणबाट १२ जनाको मृत्यु भएको छ । यो सँगै हालसम्म मृत्यु हुनेको संख्या १ हजार ६ सय ६३ पुगेको छ । हाल आईसीयुमा ३ सय ९ जना र भेन्टिलेटरमा ५७ जना उपचाररत छन् ।






प्रतिक्रिया राख्नुहोस्