नुवाकोट–रसुवाको वेत्रावतिमा एक्रोव्रिज हस्तान्तरण

नुवाकोट-ल्हेन्देखोलावाट रसुवागढी नाका हुदै भोटेकोशीवाट त्रिशूली नदीमा मिसिएको अकल्पनिय बाढीले नुवाकोटको वेत्रावतिमा दुई वटा पक्कि पुल वगाएपछि ठप्प रहेको नेपाल–भार र चीन जोड्ने सडममार्गमा आइतवारदेखि आवागमन सुचारु भएको छ । त्रिदेशिय मार्गको वीरगन्ज–गल्छी–देवीघाट–वेत्रावति–रसुवागढी सडकमार्गको वीचमा रहेको नुवाकोट र रसुवा जोड्ने वेत्रावतिस्थित पुल गत भदौ १० गतेको प्रलयकारी बाढीले ध्वस्त पारिदिएपछि अवरुद्ध रहेको सडकमार्ग बेलिव्रिज निर्माणसंगै सुचारु भएको हो ।

यसअघि वैकल्पिक मार्ग सन्चालन गरिएपनि कच्ची र प्रभावकारी हुन नसक्दा त्रिदेशिय मार्ग जोडिन नसक्दा आवतजावत र खाद्यान्नलगायतका अन्य सामग्री ढुवानीमा समस्या भएको थियो । विनासकारी बाढीले नुवाकोटको बिदुर नगरपालिका १० वेत्रावति र रसुवाको उत्तरगया गाउंपालिका ५ जो्ड्ने पलाखु खोलामाथिको दुई वटा पक्कि पुल बगाएपछि सेनाको प्राविधक सहयोगमा निर्माण गरेको एक्रो बेलीब्रिज हस्तान्तरणसंगै सञ्चालनमा आएको हो ।

उक्त एक्रो बेलीब्रिजको लम्वाई ७३ दशमलव दुई र चौडाई पांच दशमलव पांच मिटर रहेको छ । सडक विभाग र नेपाली सेनाको सहकार्यमा निर्मित उक्त पुलको अधिकतम भारवहन क्षमता ४० टन रहेको छ ।बाढी आएको ४७ दिनपछि सेनाका प्राविधिकहरुले यहि असोज २० गतेदेखि निर्माणको काम सुरु गरेकोमा आइतवार निर्माण सम्पन्न भएको हो । उक्त एक्रो बेलीब्रिजको कार्यक्रमकावीच सेनाले उद्घाटन गरेको हो ।

उक्त एक्रो बेलीब्रिजको उद्घाटनसंगै्र सेनाका उपरथी अनुपजंग थापाले सडक आयोजनालाई हस्तान्तरण गरे । कार्यक्रममा बिदुर नपाका मेयर राजन श्रेष्ठ, उत्तरगया गापा अध्यक्ष माधवप्रसाद अर्याल, नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मी, रसुवाका प्रजिअ कमलप्रसाद पाण्डे, जनप्रतिनिधि, सरोकारवालाले विपदमा सर्वसाधारणको सुविकााक लागि यस पुलले धेरै सहजता ल्याएको वताए ।

पुल निर्माणपछि यातायाअतका साधनका साथै खाद्यान्नलगायत विभिन्न सामग्रीहरु ओसारपसार गर्न सुविधा पुगेको बिदुर नपाका मेयर राजन श्रेष्ठले वताए । बाढीले टुटाएको सम्बन्ध, रोकिएको यात्रा र जनजीवनलाई पुनः जोड्ने कार्यमा यस पुलले सार्थकता पाएको उनले वताए ।विनाशकारी बाढीबाट क्षतिग्रस्त नुवाकोट र रसुवा जोड्ने बेत्रावतीस्थित पुल नेपाल सरकारले नेपाली सेनालाई निर्माणको जिम्मेवारी दिएपछि छोटो समयमै निर्माण सम्पन्न गरी गल्छी–त्रिशूली–बेत्रावती–स्याफ्रुवेशी सडक आयोजना कार्यालयलाई हस्तान्तरण गरिएको छ ।

पुललाई आइतवारैदेखि पूर्ण आवागमनका लागि खुल्ला गरिएको छ । पुल निर्माण कार्यमा नेपाली सेना, नेपाल सरकार, स्थानीय सरकार, सडक विभागले सहयोग गरेको स्थानीयवासी दिलकृष्ण श्रेष्ठले जानकारी दिए । उनका अनुसार बाढीले सडक तथा पुल ध्वस्त गर्दा आवागमनमा समस्या भोगिरहेका नुवाकोट र रसुवाका नागरिकका लागि यो ठूलो राहतको विषय हो ।

नुवाकोट र रसुवाको सिमाना बेत्रावतीस्थित फलाखु खोलामा निर्माण गरेको एक्रो बेलीब्रिज बाढीबाट क्षतिग्रस्त गल्छी–वेत्रावती सडकखण्डको अस्थायी ट्रर्याक एक साता अगाडि खुलेसँगै वेत्रावतीमा बेलिब्रिज जडानको काम सुरु गरिएको थियो ।ट्र्याक खोल्ने कार्यसँगै बेलिब्रिजको फाउन्डेसनसहित सम्पुर्ण निर्माण पनि अघि बढाइएको थियो । एक्रो बेलिब्रिज जडान सम्पन्न भएसँगै बाढीका कारण टुटेको नुवाकोट र रसुवासँगको मुख्य सडक सञ्जाल पुनः औपचारिक रूपमा जोडिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.