फुटबलका मुख्य प्रशिक्षक योहान कालिनद्वारा राजीनामा
काठमाडौं- नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक योहान कालिनले आफ्नो पदबाट राजीनामा दिनुभएको छ ।
उहाँले गत कात्तिक १ गतेदेखि लागू हुने गरी मुख्य प्रशिक्षकबाट राजीनामा दिनुभएको हो ।
बिहीबार बसेको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को बैठकले कालिनको राजीनामा स्वीकृत गरेको प्रवक्ता किरण राईले जानकारी दिनुभयो । हाललाई बालगोपाल महर्जनलाई निमित्त प्रमुख प्रशिक्षकमा नियुक्त गरिएको छ ।
कालिन सन् २०१९ मार्च १ मा नेपाली फुटबल टोलीको मुख्य प्रशिक्षक नियुक्त हुनुभएको थियो ।
उहाँको प्रशिक्षणमा नेपालले ११ खेल खेलेको थियो । कोरोना महामारीपछि कालिन गत वर्ष चैत १४ गते स्वीडेन फर्किनुभएको थियो । त्यसपछि उहाँ नेपाल फर्किनु भएन ।
उहाँले स्वीडेनबाटै राजीनामा दिएको एन्फाले जनाएको छ ।।
प्रतिक्रिया राख्नुहोस्