बीमाका लागि १७ हजारको कागजात पूरा

काठमाडौं– कोरोना बीमामा बीमकले रकम नपाएको भन्दै गुनासो आएपछि सरकारको निर्देशन अनुसार नै थप सहजीकरण गरिरहेको बीमा समितिले जनाएको छ ।
समितिले पछिल्लो विवरणबारे जानकारी दिँदै हालसम्म कूल १७ हजार २३५ बराबरको दाबीमा कागजात पूरा भएको जनाएको छ । यस्तै भेरिफिकेशनका लागि स्वास्थ्य सेवा विभागमा चार हजार १५२ दाबी पठाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट भेरिफिकेशन भएर आएका सङ्ख्या भने दुई हजार ४९३ रहेको छ ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोरोना बीमामा व्यापक गुनासो आएपछि दुईपटक समितिलाई सहजीकरणका लागि निर्देशन दिनुभएको थियो । दाबी भुक्तानीमा आठ हजार १४५ रहेका छन् भने कागजात पूरा भई भुक्तानी गर्न बाँकी सङ्ख्या भने नौ हजार ९० रहेको समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिनुभयो ।






प्रतिक्रिया राख्नुहोस्