काठमाडौंको नैकापमा सवारी दुर्घटना, १ जनाको मृत्यु, केही मानिस घाइते

काठमाडौं- काठमाडौंको चन्द्रागिरी नगपालिका नैकापमा सवारी दुर्घटना भएको छ । दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । मृतकलाई पोष्ट मार्टमका लागि शिक्षण अस्पताल महाराजगंज लगिएको प्रहरी प्रवक्ताले जानकारी दिनुभएको छ ।

थानकोट प्रहरीका अनुसार काठमाडौं बाहिरबाट आएको एउटा ट्रक अनियन्त्रित भई अरु सवारी साधनलाई ठक्कर दिँदा सो दुर्घटना भएको हो ।

दुर्घटनाको विस्तृत विवरण आइसकेको छैन ।

त्यहाँ घाइते भएकाहरुको उद्दार र उपचारमा यतिखेर प्रहरी र स्थानीय जुटेका छन । घाइते ट्रक चालकलाई बयोधा अस्पताल र बाँकी घाइतेहरुलाई कलंकीस्थित शहिद मेमोरियल अस्पतालमा उपचारका लागि लगिएको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनाका कारण कलंकी-नैकाप सडक क्षेत्रमा अहिले सवारी जाम भएको प्रहरीले जनाएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.