२४ घण्टामा ८९९ कोरोना संक्रमित थपिए

काठमाडौं– नेपालमा थप ८ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा विभिन्न जिल्लाका प्रयोगशालाहरुमा गरिएको परीक्षणमा ८ सय ९९ जना संक्रमित भेटिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । देशभर ५ हजार २ सय ४२ वटा सी सी आर परिक्षण गर्दा ३४२ महिला र ५ सय ४७ पुरुषमा सङ्क्रमण पुष्टि भएको हो । थपिने सङक्रमित मध्ये ४ सय ४२ काठमाडौं उपत्यकाका छन् ।

नयाँ थपिएका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४७ हजार ५ सय ९३ पुगेको छ । २४ घण्टामा १३ सय ५९ जना डिस्चार्ज भएका छन् । यससँगै हालसम्म निको हुनेहरुको संख्या २ लाख ३४ हजार २ सय ३१ पुगेको छ ।

सक्रिय संक्रमित ११ हजार ६ सय ७३ रहेका छन् । देशभर ५ सय १९ जना क्वारेन्टीनमा रहेका छन् । पछिल्लो २४ घण्टामा १५ जना व्यक्तिको कोभिड १९ संक्रमणका कारण मृत्यु भएको छ ।

हालसम्म कोभिड संक्रमणका कारण मृत्यु हुनेहरुको संख्या १६ सय ८९ पुगेको छ । हाल २ सय ६२ जना आई सी यु मा र ४१ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.