विपन्न, दलित र अनाथ बालबालिकालाई झोला वितरण
डोल्पा- हिमाली जिल्ला डोल्पाका विपन्न,दलित र अनाथ बालबालिकालाई झोला वितरण गरिएको छ ।
आर्थिक अवस्था कमजोर भएका बालबालिकालाई विद्यालयमा जाँदा किताव कपि राख्न सहज होस् भनेर श्री माता त्रिपुरासुन्दरी आध्यात्मिक शक्ति केन्द्र सुर्यविनायक भक्तपुरको सहयोगमा त्रिपुरासुन्दरी नगरपालिकामा रहेका तीन ओटा विद्यालयका बालबालिकालाई झोला वितरण गरिएको हो ।
हिज्योती आधारभुत विद्यालयका दश जना दलित त्रिपुरा माध्यमिक विद्यालयका आर्थिक विपन्न र अनाथ गरी ३३ जना र फोक्सुण्डो आवासीय विद्यालयका दलित आर्थिक कमजोर भएका बालबालिका गरी ८० जना बालबालिकालाई झोला वितरण गरिएको महिला समाज सेवा डोल्पाकी अध्यक्ष दिलमाया विष्टले बताइन।
यसैगरी, ९ जना वयोबृद्ध ५ जना समाजसेवी र जिल्लाका छल,गल्ली लगायतका मठमन्दिरका १५ जना धामी पूजारी समेतलाई झोला वितरण गरिएको उनले बताइन।
बयोबृद्ध तथा समाजसेवी रविप्रसाद न्यौपानेले आध्यात्मिक शक्ति केन्द्रले गरेको मानवीय सहयोग महत्वपुर्ण रहेको बताए ।
विगतका वर्षहरुमा पनि विभिन्न विद्यालयका बालबालिकालाई कपि कलम तथा झोला वितरण गरिएको उल्लेख गर्दै समाज सेवा नै मानवीय धर्म भएको न्यौपानेको भनाइ थियो ।
भक्तपुरकी माता त्रिपुरासुन्दरीले पठाएका झोला रुकुम पश्चिमका समाजसेवी प्रेम गिरीले व्यक्तिगत खर्चमा काठमाण्डौबाट ढुवानी गरेर डोल्पा पुर्याएका थिए ।
अब आउने दिनहरुमा पनि डोल्पाका विपन्न तथा गरिब विद्यार्थीलाई सहयोग जारी आध्यात्मिक शक्ति केन्द्र सुर्यविनायक भक्तपुरले जनाएको छ ।।






प्रतिक्रिया राख्नुहोस्