बाख्रापालनमा हौँसिएका छन मौजावासी

कास्की- श्रम होइन आफनै देशमा उत्पादन बेच्ने संकल्प लिएर यतिवेला कास्कीको पोखरा महानगरपालिका २० मौजावासी बाख्रापालन व्यवसायमा होमिएका छन्।

उनीहरुले मौजा बाख्रापालन कृषि सहकारी संस्था नै दर्ता गरी आफ्नो व्यवसायलाई संस्थागत पनि गरेका छन् ।सहकारीमा त्यहाँका कुल एक सय १२ घरपरिवार किसान आवद्द छन् ।

आफ्नो वडामा प्रति घरपरिवार किसानले १० देखि दुई सय वटासम्म बाख्रा पाल्दै आएको वडाध्यक्ष सिम गुरुङले जानकारी दिनुभयो ।जसमध्ये सबैभन्दा बढी स्थानीय गोविन्द सापकोटाले २ सय बाख्रा पाल्नुभएको छ ।

गाउँलेहरुले बाख्रापालनबाट बार्षिक लाखौं आम्दानी पनि गर्दै आएका छन् । उनीहरुले खासगरी, वेयर, जमुनापारी र खरी जातका बाख्रा पालेका छन् ।

 उत्पादन गरेका खसी, बोका पोखराको मुख्य बजार क्षेत्र लगायत गण्डकी प्रदेशका अन्य जिल्लामा बिक्री हुँदै आएको स्थानीय दुर्गाबहादुर गुरुङले बताउनुभयो।

गुरुङले गाउँभर गरी करिव ५ हजारको सङख्यामा खसी, बोकासहितका बाख्रा रहेको पनि जानकारी दिनुभयो।

गाउँलेहरुले वर्षभरका १ करोड रुपयाँभन्दा बढीका खसी वोका पनि विक्री गर्दै आइरहेका छन् ।

मौजा कास्कीको बाख्रापालन पकेट क्षेत्र अन्तर्गत पर्दछ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.