संवैधानिक परिषदसम्बन्धी नयाँ अध्यादेश जारी

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले संबैधानिक परिषद सम्बन्धी अध्यादेश जारी गर्नुभएको छ ।

मन्त्री परिषदको सिफारिसमा नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम यो अध्यादेश जारी भएको राष्ट्रपतिको कार्यालयबाट प्रकाशित विज्ञप्तिमा उल्लेख छ ।

संबैधानिक परिषद ( काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ( पहिलो संशोधन) अध्यादेश, २०७७ ले अब संबैधानिक परिषदमा हाल कायम रहेका सदस्यहरुको बहुमतले निर्णय गर्न सक्ने व्यवस्था गरेको छ ।

अध्यादेश जारी भएपछि संवैधानिक परिषदका बहुमत सदस्य उपस्थित भएमा बैठक बस्न सक्नेछ । यसअघि परिषद अध्यक्ष र ४ जना सदस्य उपस्थित भएमात्र बैठकका लागि गणपूरक संख्या पुगेको मानिने व्यवस्था थियो ।

परिषदका सदस्यमध्ये हाल उपसभामुख पद रिक्त छ । यो अवस्थामा बाँकी सबै सदस्य उपस्थित भएमात्र बैठकका लागि गणपूरक संख्या पुग्ने थियो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.