अध्यादेश जारी भएपछि बसेको पहिलो संवैधानिक परिषद् बैठक सकियो

काठमाडौं– नयाँ अध्यादेश जारी भएपछिको पहिलो संवैधानिक परिषद् बैठक प्रधानमन्त्री निवास बालुवाटारमा  बसेको छ । बैठकका निर्णय भने सार्वजनिक गरिकएको छैन ।

बैठकमा परिषद् अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली तथा सदस्यहरु प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना सहभागी हुनुहुन्थ्यो ।

परिषद् सदस्यहरु विपक्षी दलका नेता र सभामुख अनुपस्थित रहनुभयो ।

मङ्गलबार बिहान बोलाइएको बैठकमा सभामुख सापकोटा उपस्थित नभएपछि साँझलाई सरिएको थियो । अध्यादेशमा पहिलो बैठकमा निर्णय नभए तत्काल बहाल सदस्यको बहुमत सदस्यका आधारमा निर्णय हुने भन्ने उल्लेख छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.