कुनैपनि किसिमको सर्वसत्तावाद स्वीकार्य छैन : काँग्रेस नेता केसी

कास्की- नेपाली काँग्रेसका केन्द्रिय सदस्य अर्जुननरसिंह केसीले वर्तमान सरकारले सर्वसत्तावादी प्रवृत्तिलाई अङ्गिकार गरेको दावी गर्दै कांग्रेसलाई त्यस्तो प्रवृत्ति अस्वीकार्य भएको बताउनु भएको छ ।

नेपाल प्रेस युनियन कास्कीले आज पोखरामा गरेको पत्रकार सम्मेलनमा धारणा राख्दै नेता केसीले पछिल्लो पटक सरकारद्वारा जारी संबैधानिक परिषद् सम्बन्धी अध्यादेश सर्वसत्ताबादी शैलीको नमूना हो भन्नुभयो ।

अध्यादेश जारी हुनुले सरकार शक्ति पृथकीकरण, सन्तुलन र नियन्त्रणको पक्षमा नरहेको स्पष्ट पारेको भन्नुहुँदै उहाँले काँग्रेसले यसको शशक्त विरोध गर्ने उल्लेख गर्नुभयो ।

उहाँले पाँच वर्ष जनताले काँग्रेसलाई प्रतिपक्षमा रहन मत दिएकाले कुनैपनि अवस्थामा कांग्रेस सरकारमा नजाने स्पष्ट पार्नुभयो।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.