नेकपाभित्र सहमतिको सङ्केत (भिडियो रिपोर्ट)

काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी, नेकपाभित्र पुनः सहमतिको सङ्केत देखिएको छ । पार्टी स्थायी कमिटिको बैठकमा भएको सहमतिसँगै पार्टी सहमतितर्फ उन्मुख हुने अवस्था सिर्जना भएको छ ।

नेकपाका दुवै अध्यक्षका तर्फबाट छुट्टाछुट्टै अघि बढाइएका अध्यादेश र संसदको विशेष अधिवेशनको माग फिर्ता लिने सहमतिसँगै नेकपामा देखिएको असमझदारी अन्त्य हुने सङ्केत देखिएको हो ।

यसले अन्य असहमतिका विषयमा पनि छिट्टै सहमति खोज्न सघाउ पुग्ने सम्भावना बढाएको छ । मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद् सम्बन्धि अध्यादेश ल्याएपछि उत्कर्षमा पुगेको विवादले पार्टी विभाजनको डिलमै पुगेको विश्लेषण गरिएको थियो ।

यसैबीच निरन्तरको वार्ता र छलफलबाट सहमतिमा पुग्न सकिने कुरा बुधबार भएको सहमतिले पनि पुनः पुष्टी गरेको छ । यसबाट राजनीतिक स्थायित्वसँगै समृद्धिको बाटोमा मुलुक अघि बढेको हेर्न चाहनेहरुमा आशा थपेको छ ।

पार्टी एकताका कतिपय काम बाँकी रहेको अवस्थामा विभिन्न उतारचढावका बीच भएको पछिल्लो सहमतिले पार्टी पंक्तिमा पनि उत्साह थपेको छ ।

यो सहमतिले यसैवर्षको अन्त्यतिर आयोजना गर्नेगरी निर्णय गरिएको पार्टी महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गर्न वर्तमान नेतृत्वमाथि पनि दवाव बढाएको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.