इन्डोनेसियामा पनि कोरोना विरुद्धको खोप लगाउन शुरुः राष्ट्रपतिले लगाए पहिलो खोप

इन्डोनेसियामा पनि कोरोना भाइरस विरुद्धको खोप लगाउन शुरु गरिएको छ । सबैभन्दा पहिलो खोप राष्ट्रपति जोको विडोडोले लगाएर खोप बुधबार खोप अभियानको शुभारम्भ गरिएको हो ।

खोप लगाएपछि राष्ट्रपति विडोडोले खोपको आवश्यकता पर्ने आफ्नो देशका सबै नागरिकलाई निःशुल्क खोप उपलब्ध गराउने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

विश्वको चौथो धेरै जनसङ्ख्या भएको मुलुक इन्डोनेसियाको यस कदमलाई प्रशंसनीय मानिएको छ । इन्डोनेसियामा कोरोनाका कारण हालसम्म १९ हजारभन्दा बढीको मृत्यु भइसकेको छ भने छ लाख ३० हजारभन्दा बढी सङ्क्रमित छन् ।

सरकारले शुरुमा स्वास्थ्यकर्मी र ज्येष्ठ नागरिकहरूलाई खोप लगाइने र त्यसपछि जोखिमको मात्राका आधारमा प्राथमिकता निर्धारण गरेर सबैलाई लगाइने जनाएको छ । इन्डोनेसियाले विभिन्न विदेशी औषधि उत्पादक कम्पनीहरूसँग ३५ करोड डोज खोप किन्नका लागि सम्झौता गरिसकेको अधिकारीहरूले जनाएका छन् ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.