दोहोरो नागरिकता र राहदानी लिने महिला पक्राउ

स्याङ्जा- दोहोरो नागरिकता र राहदानी लिएको कसुरमा जिल्ला प्रहरी कार्यालय स्याङ्जाले एक महिलालाई पक्राउ गरेको छ ।

पुतलीबजार न.पा. वडा नं. ३ घर भई हाल कास्की जिल्ला पोखरा म.न.पा. वडा नं. ५ मालेपाटनमा डेरा गरी बस्ने बर्ष ३३ की मन्जु क्षेत्रीले जिल्ला प्रशासन कार्यालय सुनसरी र स्याङ्जाबाट दाहोरो नागरिकता र राहादानी लिएको प्रहरीले जनाएको छ ।

क्षेत्रीले गत मङसिर १ गते जिल्ला प्रशासन कार्यालय स्याङ्जाबाट फरक विवरण पेश गरी ४२१०६२-१०-१८५ नं. को नेपाली नागरिकताको प्रमाण पत्र लिएकी थिईन् । उनले दोहोरो नागरिकता र रहादानी लिएको गोप्य सुचनाको आधारमा प्रहरीले क्षेत्रीको घर खानतलासी गरेको थियो ।

कास्कीस्थित क्षेत्रीको डेराबाट जिल्ला प्रशासन कार्यालय स्याङ्जाबाट जारी भएको ४२१०६२-१०-१८५ नं. को नेपाली नागरिकताको प्रमाण पत्र र मन्जु क्षेत्री नाम उल्लेख रहेको १११११२४९ नं. को राहदानी फेला पारेको थियो ।

त्यसैगरि जिल्ला प्रशासन कार्यालय सुनसरी बाट नाम मन्जु सेजवाल उल्लेख भएको ०६-०२-७५-०२९९३ नं. को नेपाली नागरिकताको प्रमाण पत्र र ११३१०५९८ नं.राहदानी फेला पारेका प्रहरी नायब उपरीक्षक राजेन्द्र प्रसाद अधिकारीले बताउनुभयो ।

फरक विवरण पेश गरी निकालिएको नागरिकता र राहादानी प्रहरीले नियन्त्रणमा लिएको छ । क्षेत्रीलाई पक्राउ गरी “ नागरिकता सम्बन्धी कसुर” मुद्धा दर्ता गरिएको जिप्रका स्याङ्जाले जनाएको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.