संक्रमणबाट जोगिएर विवाह पञ्चमी मनाउन आह्‌वान

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड–१९को सङ्क्रमणबाट बच्न स्वास्थ्यसम्बन्धी नियमको पालना गर्दै विवाह पञ्चमीको उत्सव मनाउन सबैमा आह्‌वान गर्नुभएको छ ।

माता सीता र भगवान् रामको शुभ विवाह सम्पन्न भएको विशेष दिनको सम्झनामा मार्ग शुल्क पञ्चमीका दिन मनाइने विवाह पञ्चमीको अवसरमा सन्देश दिनुहुँदै मिथिला क्षेत्रको सांस्कृतिक धरोहरका रूपमा रहेको विवाह पञ्चमी पर्वले सबै नेपालीमा राष्ट्रिय एकताको भावना जागृत गरी समाजमा विद्यमान सद्भाव र सहिष्णुतालाई थप सुदृढ बनाउन सहयोग पुर्याउने विश्वास व्यक्त गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले राष्ट्रिय एकताको भावना थप सुदृढ गर्न र मौलिक संस्कृतिको संरक्षण एवं संवद्र्धन गर्न विवाह पञ्चमी पर्वले सबैलाई प्रेरणा मिलोस् भन्ने कामना पनि गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.