संसद अधिवेशन आह्‌वान गर्ने तयारी अन्तिम चरणमाः सभामुख

सिन्धुपाल्चोक– सभामुख अग्निप्रसाद सापकोटाले संघीय संसदको अधिवेशन आह्‌वान गर्ने सम्बन्धमा छलफल भइरहेको बताउनुभएको छ ।

सिन्धुपाल्चोकको ल्हार्चामा आयोजित कार्यक्रममा जनताका समस्या सरकारलाई सुनाउने थलो संसद रहेका कारण पनि हिउँदे अधिवेशनको बैठक बोलाउने सम्बन्धमा विभिन्न विकल्पहरुका बारेमा छलफल भइरहेको सभामुख सापकोटाले जानकारी गराउनुभयो ।

कार्यक्रममा सहभागी सापकोटाले स्थानीय तहहरुलाई विपत् पूर्वतयारीका लागि विभिन्न सामग्री हस्तान्तरण गर्नुभयो । उहाँले सिन्धुपाल्चोकका भोटेकोशी, बाह्रबिसे, जुगल र चौतारा लगायतका स्थानीय तहहरुलाई २ करोड रुपैयाँ भन्दा बढी मुल्यका टेन्ट, कम्बल लगायतका सामाग्रीहरु हस्तान्तरण गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.