राष्ट्रिय परिचय पत्रलाई रासन कार्ड भन्ने भ्रम परेपछि….

काठमाडौं– सरकारले वितरण गरिरहेको राष्ट्रिय परिचय पत्र रासन कार्ड हो भन्ने भ्रममा परेर धनुषामा परिचयपत्र लिनेको भीड लागेको छ ।

राष्ट्रिय परिचय पत्र पाएपछि रासनसहितका विभिन्न सरकारी सुविधाहरु उपलब्ध हुने भ्रम र अफवाहमा परी जिल्लाका ग्रामीण क्षेत्रका सर्वसाधारण परिचय पत्र लिनका लागि सदरमुकाममा ओइरिएका छन् ।

स्थानीयले घरको कामकाज छाडेर जिल्ला प्रशासन कार्यालय धनुषामा परिचयपत्र लिनेको भीड लागेपछि उनीहरुको व्यवस्थापनमै समस्या परेको छ । राष्ट्रिय परिचयपत्र लिन आवश्यक भएपनि अहिले चलाइएको हल्लाको भरमा भीडभाड नगर्न जिल्ला प्रशासनले आग्रह गरेको छ ।

कोरोनाको जोखिमलाई बेवास्ता गर्दै मेलाझै भेला हुन आवश्यक नभएको बताउदै धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले परिचय पत्र सेवाग्राहीको घर दैलोमै आलोपालो गरी स्थानीय निकायहरुमार्फत् वितरण गर्न टोली परिचालन गरेको जानकारी दिनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.