अस्ट्रेलियामा फेरि फैलियो कोरोना, नाकामा प्रतिबन्ध

अस्ट्रेलिया– अस्ट्रेलियाको भिक्टोरिया राज्यले छिमेकी राज्य सिड्नीमा कोरोना भाइरसको संक्रमण फैलिएपछि सीमा नाकामा प्रतिबन्ध थप कडा बनाएको छ ।

सिड्नीका बासिन्दालाई स्थानीय स्तरमा संक्रमण फैलिन नदिन घरभित्रै बस्न भनिएको छ । सिड्नीको उत्तरी क्षेत्रमा कोरोना भाइरसका नयाँ संक्रमित भेटिएपछि पाँच दिनका लागि लकडाउन शुरु गरिएको छ । सिड्नीका बासिन्दा भने क्रिसमस अघि शहर छोड्न हतारिएका छन् । उनीहरु हजारौंको संख्यामा छिमेकी राज्य न्यु साउथ वेल्स र भिक्टोरिया प्रवेश गरेका छन् ।

प्रभावित राज्यबाट आउने क्रम बढेपछि शनिबार भिक्टोरिया राज्यका अधिकारीहरुले आपतकालिन बैठक बसी सीमा नाका कडा रुपमा बन्द गर्ने भन्ने विषयमा छलफल गरेका छन् । सीमा नाकामा कडाई गर्न सेनाको प्रयोग गर्ने तयारी भइरहेको स्थानीय संचारमाध्यमहरुले जनाएका छन् ।

प्रकोप बढेकै कारण इतिहासमै पहिलोपटक सिड्नीको होबर्ट याच दौड पहिलोपटक रद्द गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.