प्रतिनिधिसभा विघटन र नयाँ निर्वाचन मेरो रुची र छनौटको विषय थिएनः प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन र नयाँ निर्वाचन मेरो रुची र छनौटका विषय नभए पनि बाध्यात्मक अवस्था सिर्जना भएको बताउनुभएको छ ।

देशवासीका नाममा सोमबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संसदलाई केही नेताको स्वार्थको बन्धक बताएकाले बाध्य भएर सार्वभौम जनतासँग जानुपर्ने अवस्था आएको उल्लेख गर्नुभयो । ‘मुलकलाई अर्कमण्य अवस्थामा राख्न उचित थिएन् । संसदलाई केही नेताका बन्धक बनाइराख्नु जनादेशको अपमान हुन जान्थ्यो,’ उहाँले भन्नुभयो, ‘दलभित्रको कचिगंलले प्रतिनिधि सभालाई समेत सिकार बनाउने अवस्था पनि अन्त गर्नुपर्थ्यो । यसै परिस्थितिमा नयाँ जनादेशमा जाने निर्णयमा पुगेको हुँ ।’

प्रधानमन्त्रीले सत्तापक्षकै नेताहरु प्रतिपक्षीभन्दा आक्रामक भएको बताउँदै अब हुने चुनावमार्फत लोकप्रियता र क्षमताको मापन गर्न चुनौती दिनुभयो । उहाँले बहुमतप्राप्त सर्वसम्मत नेतालाई काम गर्न नदिएको र जस्केलाबाट प्रधानमन्त्री हुन खोजेकाले अलोकप्रिय निर्णयमा पुग्नुपरेको बताउनुभयो । ‘प्रधामन्त्री बन्न व्यग्र प्रतिक्षावान र प्रयासमा रहनुभएका नेताहरुलाई ताजा जनादेशले विकल्प दिनेछ,’ उहाँको भनाइ थियो ।

जननिर्वाचित सरकारले काम गर्न पाउँदैन भने उसले पुनरावेदन गर्न जाने ठाउँ आम जनता नै भएको प्रधानमन्त्रीको भनाइ छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.