कोरोनाको नयाँ संक्रमणले बेलायतमा सबै उडान स्थगित

लन्डन– बेलायतमा कोरोना भाइरसको नयाँ सङ्क्रमण बढेपछि भारतले बेलायतबाट भारतका लागि हुने सबै उडानहरूलाई अस्थायी रूपमा स्थगित गर्ने निर्णय गरेको छ । बेलायतबाट हुने उडानलाई अस्थायी रूपमा रोक्ने केही यूरोपेली मुलुकहरूसहितले गरेको निर्णयसँग मेल खाने निर्णय भारतले पनि गरेको हो ।

बेलायतको कोभिड–१९ सिर्जित विद्यमान अवस्थालाई ध्यानमा राख्दै भारत सरकारले बेलायतबाट भारत आउने सबै उडानहरूलाई यो वर्षको डिसेम्बर ३१ सम्म स्थगित गर्ने निर्णय गरेको उड्डयन मन्त्रालयले ट्वीटमार्फत जनाएको छ ।

‘प्रशस्त सावधानीको उपाय’ का लागि लिइएको यो निर्णय ट्रान्जिट उडानमा बेलायतबाट आउने यात्रीहरूका लागि भने पूर्णतया लागू हुने छैन अर्थात् आगमनमा आरटी–पीसीआर परीक्षणको रिपोर्ट भएमा उनीहरूलाई सम्बन्धित गन्तब्यमा जान रोक लगाइने छैन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.