रैथाने बाली जोगाउँदै हुम्लाका किसान

हुम्ला- कुनैबेला गरिब परिवारले मात्र खाने भनेर चिनिएको रैथाने बाली लोप हुन थालेपछि जोगाउनका लागि यतिबेला सरोकारवाला निकायहरु लागिपरेका छन ।

आयातित चामललगायत अन्य खाद्यबस्तुमा मानिसलाई आवश्यक पर्ने पौष्टिक तत्व नहुँदा कुपोषणबाट बालबालिकालाई बचाउन संघीय सरकारदेखि स्थानीय सरकारसम्म सबैलाई रैथाने बाली जोगाउन चासो बढेको हो ।

हुम्ला जिल्लामा रैथाने बााली लोप हुन थालेपछि यसलाई जोगाउन र बजारीकरण सरोकारवाला निकायहरुले चासो देखाउन थालेका हुन् ।
७ वटा स्थानीय तह रहेको हुम्लामा रैथाने बालीमा कृषकहरुको मोह घटेपछि यसलाई संरक्षणमा जोड दिने थालिएको छ ।

जिल्लामा उत्पादन हुँदै आएको परम्परागत रैथाने बाली कोदो,चिनो,कागुनो,मार्से,फापर पछिल्लो समय लोप हुन थालेपछि संरक्षणमा विशेष जोड दिन थालेको कृषि विकास कार्यालय हुम्लाले जनाएको छ ।

रैथाने बालीलाई के कसरी जोगाउन सकिन्छ  र बजारीकरणको अवस्था के छ भन्ने विषयमा सरोकारवाला निकायहरुको पछिल्लो समय चासो बढदै आएको पाइएको छ ।

जिल्लामा लोपोन्मुख रैथाने बाली उत्पादनमा पहिलो प्रथामिकता दिने र बजारीकरणका लागि जिल्ला सदरमुकाम सिमकोटमा कोशेली घर स्थापना आवश्यक रहेको कृषि विकास कार्यालय हुम्लाका प्रमुख बखत खड्का बताउनुहुन्छ ।

जिल्लाको मुख्य उत्पादनका रुपमा रहेको रैथाने बाली चिनो,कागुनो,सिमी,फापर,उवा,जौ, मार्से  पछिल्ला समयम कमी भएको जिल्ला समन्वय समितिका प्रमुख दानबहादुर रावतले चिन्ता व्यक्त  गर्नुभयो ।

जिल्ला भित्र पाइने अर्गानिक रैथाने बाली संरक्षण र प्रर्वद्धनमा हामी सबैले चासो देखाउन आवश्यक रहेकोले जोगाउन ध्यान दिनुपर्ने समन्वय प्रमुख रावतको भनाइ छ ।

रैथाने बाली संरक्षण भन्दै कृषि विकास कार्यालय हुम्लामा करोडौं बजेट आउने गरेको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.